अवैध र विवाहपूर्वको यौन सम्बन्ध …. - krishivabrothers

relation never dies but it begets. यो हाम्रो निजी ब्लग हो । यसमा प्रकाशित हुने व्यक्तिगत, सामाजिक, सामुदायिक, सरकारी, गैर सरकारी, अन्तराष्ट्रिय तथा विश्वमा भएका समसामयिक घटना तथा विषय वस्तुको बारेमा प्रकाशन गरिने गरिन्छ । खास गरि यसमा हाम्रो मूलुकमा भएका समसामयिक विषय वस्तुमा आधारित भएर लेख तथा रचनाहरु संरक्षित हुने छन् । प्रकाशित लेख तथा रचनालाई कुनै पनि किसिमको नक्कल गर्नु कानुन अनुसार बर्जित गरिएको छ ।

Breaking

Home Top Ad


Tuesday, September 27, 2022

अवैध र विवाहपूर्वको यौन सम्बन्ध ….

अवैध र विवाहपूर्वको यौन सम्बन्ध ….

पैसा, पद र यौन सम्बन्ध अहिलेको परिवेषमा चर्चित विषय हुन् । सबैको ध्यान पनि यी विषयलाई प्राप्त र हासिल गर्नेमा रहेको देखिन्छ । यिनकै कारणले विभिन्न प्रतिष्ठित मानिसहरु माथिबाट तल एकै पटक झरेका पनि छन् ।यो समस्या हाम्रो मात्रै देशमा नभएर विश्वव्यापी नै फैलिएको समस्या हो ।यी मध्ये सबै भन्दा कडारुपमा फैलिएको सम्बन्ध हो यौन सम्बन्ध । यो आधुनिक समयको समस्या मात्रै नभएर परापूर्वकालमा भगवानहरुबाट यौन सम्बन्ध र यो प्राप्तिको लागि भएका कैयन घटनाबाट पनि थाहा हुन्छ । यौन सम्बन्ध कत्ति महत्वपूर्ण र कत्ति विवादित थियो भन्ने । हाम्रा महाभारत र रामायण पनि यौन सम्बन्धकै उपज हुन । भगवत गीतामा द्रौपदी र रामायाणमा रावणद्वारा सीता हरण पनि यौन सम्बन्धकै लागि भएको र जसको कारण ठूलो युद्ध भएको ज्ञात हुन आउछ ।

विश्वको शक्तिशाली अमेरिकामा पूर्व राष्ट्रपति बिल क्लिन्टन, नेपालका पूर्व सभामुख कृष्ण बहादुर महरा, चर्चित  नायक पल शाह हुदै चर्चित उम्दा अन्तराष्ट्रिय नेपाली क्रिकेट खेलाडि सन्दिप लामिछाने यौन अवैध सम्बन्धकै कारण चर्चित र विवादित छन । धार्मिक, वैदिक, कानुनी र सामाजिक मान्यताले यौन सम्बन्धलाई केबल श्रीमान श्रीमतीमा मात्र सिमित गरेको छ । यौन सम्बन्ध भनेको सन्तान उत्पादन गर्ने प्रक्रिया भन्दा अर्को अबधारणा कुनै पनि सिद्धान्तले यसलाई ग्रहण गरेको पाईदैन । तर भौतिकबादले सम्पन्न र आधुनिक समाजमा यौन सम्बन्धलाई मनोरञ्जन र प्रतिष्ठाको विषय मानिन्छ ।यौनलाई मनोरञ्जनको विषय ठानेर विकसित देशमा वेश्यालयको समेत व्यवस्था गरिएको हुन्छ ।  मान्छेले वाहेक सायद कुनै पनि प्राणीले यी र यस्ता यौन सम्बन्धि अपराध गर्दैनन होला । यौन सम्बन्धलाई मनोरञ्जनको साधनको रुपमा लिने वुद्धिजीवी मानव भने यसैको पछि लाग्नाले आफ्नो, परिवार, समाज र संगठनको समेत साख खसालेका छन् ।र समाजमा अपराधको ग्राफ बढाईरहेका छन् ।

कानुन, समाज, वैदिक, धार्मिक लगायत हाम्रा समस्त कानुनले पनि अवैध र विवाह पूर्वको यौन सम्बन्धलाई धर्मले पाप, समाजले कलंक र कानुनले अपराध मानेको छ । भगवत गीता अनुसार - विवाह पूर्व र ईन्द्रीय आनन्दको लागि गरिने यौन सम्बन्ध पाप हो भनेको छ । त्यसै क्रिस्चियन अध्यता तथा पास्टर JK Bentil ले "Sex is not marriage but sex is part of marriage" भनेका छन् ।त्यस्तै बुद्ध धर्मले पनि ब्यभीचार र ब्रह्यमाचार्यलाई पञ्चशिलको सिद्धान्तको विरुद्ध मानेको छ ।त्यस्तै ईस्लाम धर्मले पनि विवाह अघिको सम्बन्धलाई अवैध र पाप नै मानेको छ "Pre-marital and extra marital sex carry severe penalties in the law of Qur'an" ।  भनेको विवापूर्वको र अवैध यौन सम्बन्धलाई कुनै पनि मान्यताले सही ठर्याएको छैन । सही ठर्याएको छ त आधुनिक मानव र आधुनिक भनिने हाम्रो समाजले मात्र ।

कानुन, समाज, धर्म, संस्कृति कसैले पनि राम्रो नमान्दा नमान्दै किन मानिस यौन सम्बन्धका लागि मरिहत्ते गरि रहेका छन् । यो विषय गम्भिरताको विषय भएको छ ।

हरेक समय एक न एक घटना घटेको छ, कसैको सम्पत्ती सकिएको छ, कसैको ईज्जत, कसैको जीवनै पनि समाप्त भएको छ । तर समधान तर्फ भने उन्मुख भएको छैन ।

नेपाली सिनेमाका नायकको यौन सम्बन्धको बारेमा अदालतबाट केही मुद्दा फैसला भएको र केही चली रहेको छ । उहाँको चर्चा सेलाउन नपाँउदै अन्तराष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामीछानेको यस्तै प्रकारको यौन सम्बन्धको कारणले चर्चित छन् । समचार, सामाजिक संजाल र जनजीव्रोमा उनैको नाम झुण्डिएको छ । यी विषयमा हाम्रो समाज धेरै विकसित र उदार भएको आभाष हुन्छ । सबैले महिला तथा नारीहरु माथि गाली गलौच र दोषारोपण गरेका छन् । धेरैले पुरुष पात्राको मर्दाङ्गिनीलाई वाहा वाह गरेका छन् । विषयान्तर भएका छन् कसैले बलत्कारको परिभाषा बदल्नु पर्ने, कसैले कानुन संशोधन गर्नु पर्ने, कसैले के-के व्यक्त गरि रहेका छ ।  उनीहरुको सम्बन्ध न कानुन अनुसार, न सामाजिक मान्यता अनुसार, न धार्मिक मान्यता अनुसार छ, छ त व्यवहारिक र आपसी छ ।दुवैको मन मिल्यो र सहमतीमा यौन सम्बन्ध कायम भो, चर्चा भो, हल्ला भो बलत्कारको मुद्दा भैदियो र उम्दा युवाहरुको एक किसिमको जीवन समाप्त भयो त्यो भन्दा अरु केही भएको छैन । हामी दुई कित्तामा उभियौ, कसैले पुरुष पात्राको पक्ष लियौ कसैले महिला पात्राको । अब यहाँ गलत को ? गलत के ? भन्नेमा हामी पुग्न सकेका छैनौ, एउटा चर्चित घटना सेलाउन नपाँउदै अर्को उस्तै प्रकारको घटना घट्नुले के सन्देश दिन खोजेको हो ? यो अनुत्तरित नै छ । एक पछि अर्को घटना आउनुले हाम्रो समाजले विवाह पूर्वको र अवैध यौन सम्बन्धलाई के ठानेको छ र यसलाई कहाँ पुर्याउने हो ? कसैलाई थाहा छैन । हरेक समय एक न एक घटना घटेको छ, कसैको सम्पत्ती सकिएको छ, कसैको ईज्जत, कसैको जीवनै पनि समाप्त भएको छ । तर समधान तर्फ भने उन्मुख भएको छैन ।

यी विषयमा दोषी को भन्ने कुरा पहिलो छ, यी दुवै विषयमा सबै भन्दा दोषी हाम्रो समाज, व्यवहार, भौतिकवादी समाज, शिक्षा र हाम्रो व्यवहार नै हो भन्ने लाग्छ। त्यस पछि मात्र यौन सम्बन्ध राख्ने जोडी हुन् । यौनका लागि मरिहत्ते गर्ने हाम्रो समाज र व्यक्तिवादीको सोचको कारण पनि यी र यस्ता घटनाहरु दोहोरिएका र दोहोरीरहन्छन् । कृष्ण बहादुर महरा, पल शाह र सन्दिप लामीछानेको मात्रै कुरा होईन यहाँ यी र यस्ता घटना दिनहु हैन, घण्टा घण्टामा घटी रहेका छन्, बाहिर र चर्चमा मात्रै नआएका हुन ।यीनको कारण हाम्रो समाज, हाम्रो आधुनिकता, हाम्रो मौलाउदौ आधुनिक संस्कृति आदी । कति घटना गुप चुप पारिन्छन्, कति घटना समाजमा मिलाईन्छन्, कति घटना प्रहरी प्रसशासन, स्थानीय तहमा मिलाईन्छन् कति घटनाले वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाउदै सम्बन्ध विच्छेद सम्म पुग्छन । कत्तिले आत्मा हत्या गरेका छन्, कत्ति जना वेपत्ता छन् । निर्मला पन्त र सम्झना कामी जस्ता कलकलाउँदा बालिकाहरुलाई हत्या गरेर मारिन्छन्, अपराधी भेटिन्न्, कही बुवाबाट छोरी, दाजुभाईबाट बहिनी दिदी, शिक्षकबाट बिद्यार्थी नियमित बलत्कृत भएका छन् । यहाँ बृद्धा भनिएको छैन, अपाङ्ग भनिएको छैन, सहकर्मी भनिएको छैन, आफन्त भनिएको छैन, अचम्मै छ । कत्ति जनाले आफ्नो अस्तित्वको लागि लडि रहेका छन् । कसैले अवैधानिक यौन सम्बन्धका कारण जन्मेका बच्चाको पहिचानको लागि अनशन बसेका छन् कसैले आन्दोलन गरि रहेका छन् ।यसरी हेर्दा हाम्रोमा अपराधको आधा हिस्सा त अवैध यौन सम्बन्धकै कारणले भरिएको छ ।

हामीले दोषारोपण गरेका छौ, प्रविधिलाई, समाजलाई, व्यक्ति र व्यक्तित्वलाई तर कहिल्यै पनि आफूलाई दोषी करार गर्न सकेका छैनौ । के सूचना प्रविधि र सामाजिक संजालमा यौन सम्बन्ध जस्ता अपराध गर्न मात्रै हौसाएको छ त ? के हाम्रो समाजले सबैलाई यसरी नै सम्बन्ध राख भनेर मार्ग निर्देश गरेको छ ? के प्रहरी प्रशासनले यी सबै कुरामा छुट दिदै खुकुलो पारेको छ त ? पक्कै पनि छैन, आधुनिक प्रविधिले धेरै भन्दा धेरै राम्रा र असल कुराहरु पनि राखेको छ, समाजले विभिन्न आयमबाट समाजलाई रुपान्तरण गर्दै लगेको छ, धर्मले परम्परागत कुरीति तथा कुप्रथाहरुलाई परिस्कृत गरेको छ, कानुनले समयसापेक्षा मनवपयोगी र समाजपयोगी कानुन निर्माण र कार्यान्वयन गरेको छ । तर पनि यी र यस्ता विविध राम्रा पक्ष हुँदा हुदै हामी भने सधै नकरात्मक पक्षलाई अंगाल्दै सामाजिक र कानुनी कलंक बन्दै छौ । अपराध गरि रहेका छौ, दोषारोपण गरि रहेका छौ, हामीमा नैतिक आचरण छैन, कानुनी मान्यता छैन, राम्रो सिकाई छैन, एक जनाको घटनाबाट हामीले किन सिक्न र सुध्रिन सकेका छैन दोष यही हो यो भन्दा अर्को कारण छैन ।

हाम्रो विद्यमान धर्म, संस्कृति, कानुन र समाजले पनि अवैध र विवाहपूर्वको यौन सम्बन्धलाई अपराध नै मानेको छ । अझ विद्यमान कानुनले १८ वर्ष कम उमेरका महिलाहरुसँग सहमतीमा राखेको यौन सम्बन्धलाई पनि अपराध मानेको छ । उहाँ दुवै जना पल शाह, र सन्दिप लामीछाने राष्ट्रिय र अन्तराष्ट्रिय व्यक्तित्वहरुले यी कानुनुको सामान्य मान्यतालाई नजर अन्दाज समेत नगर्नु दोष हो । धेरै युवाहरुको आदर्श व्यक्तित्वबाट यस्ता खाले निम्छरा घटना घटाईनु कुनै पनि दृष्टिले सही मान्न सकिन्न् । अझ हाम्रो जस्तो घृणित राजनीति भएको देशमा उम्दा मान्छेलाई कसरी पछार्ने र खुट्टा तान्न तल्लिन संस्कृति भएको देशका नागरिकले यी कुरा गर्नु भन्दा अगाडि हजारौ पटक सोच्नु पर्थ्यो, सोच्नु भएन, अहिले दोषारोपण गरि रहनु भएको होला, पछुतो मान्नु भएको होला, भविष्य तपाई आफैले अध्यारो बनाउनु भएको हो । कानुनको अज्ञनता क्षम्या हुदैन भन्ने सिद्धान्त थाहा नभएको पक्कै पनि होईन होला । तपाई आफ्नो परिवेषमा, क्षेत्रमा दक्ष हुनुहुन्छ, प्रशिद्ध हुनुहुन्छ, सफल हुनु हुन्छ होला तर तपाईहरुलाई बह्यय सानो ५-७ मिनेटको घटनाको कारणले गर्दा लज्जित हुनु परेको छ । यो तपाईको विरुद्धको, तपाईको महिला साथी/भविष्यको जीवन साथी विरुद्ध, परिवार, समाज र देश तथा अन्तराष्ट्रिय विरुद्धको घटना थियो । यसलाई आफ्नो मपाईत्व ठान्नु नै तपाईहरुको कमजोरी हो । तपाईहरु मात्रै होईन तपाईहरुको घटना सेलाउन नपाउदै अर्को चर्चित घटना घटने छन र तपाईहरुले आफूहरुले मात्र यस्ता अपराध नगरेको भन्दै चित्त बुझाउनु हुने छ । त्यसैले यसमा तपाईहरुको जत्तिको दोष हाम्रो समाजको पनि छ । हाम्रो संस्कारको पनि छ, हाम्रो शिक्षाको पनि छ, परिवारको पनि छ, सबैको छ ।

यी त बाहिर आएका मात्रै घटना होलान, तपाईले १/२ दिनमै कुनै महिलालाई आकर्षित गरेर महिलाको अस्तित्वसँग जोडिएको कुरालाई प्राप्त गर्न सक्नेले अझै कति जनासँग सम्बन्ध राख्नु भएको होला । तपाईहरुले मात्रै होईन देशका उच्च नेतृत्व, प्रशासक, उद्योगीहरुको घटना चर्चामा मात्रै नआएका होलान भन्ने लाग्ने गर्दछ ।

यौन सम्बन्ध हाम्रोमा समाजको विखण्डन गर्ने, मानिसको जीवन र अस्तित्वलाई समाप्त गर्ने, राजनीति गर्ने, पैसा कुम्लाउने, स्वार्थ लुट्ने लगायतको घृणित कार्यको उपज भएको छ । यो सन्तान उत्पादन गर्ने र श्रीमान श्रीमतीमा मात्रै सिमित गर्ने विषय भएको छैन । हामी चाहन्छौ अब उप्रान्त यी र यस्ता घटना घटाउने तपाईहामी स्वयंले धर्म, संस्कृति, कानुन समाज र नैतिकतालाई आत्मसाथ गर्यौ भने कसैलाई दोषारोपण गर्ने पर्दैन । यौन सम्बन्ध आत्मीय हुनु पर्छ, अवैध हुनु हुदैन र पवित्र हुनु पर्छ नकि अपराध ।

 

No comments:

Post a Comment


Pages