मैले तपाईलाई भोट किन दिने ? - krishivabrothers

relation never dies but it begets. यो हाम्रो निजी ब्लग हो । यसमा प्रकाशित हुने व्यक्तिगत, सामाजिक, सामुदायिक, सरकारी, गैर सरकारी, अन्तराष्ट्रिय तथा विश्वमा भएका समसामयिक घटना तथा विषय वस्तुको बारेमा प्रकाशन गरिने गरिन्छ । खास गरि यसमा हाम्रो मूलुकमा भएका समसामयिक विषय वस्तुमा आधारित भएर लेख तथा रचनाहरु संरक्षित हुने छन् । प्रकाशित लेख तथा रचनालाई कुनै पनि किसिमको नक्कल गर्नु कानुन अनुसार बर्जित गरिएको छ ।

Breaking

Home Top Ad


Sunday, October 23, 2022

मैले तपाईलाई भोट किन दिने ?

अब भन्नु मैले तपाईलाई भोट किन दिने ?

Krishna Verma, Gulmi

तपाईले चौरासी ब्यन्जन सहित भोजन गर्दै गर्दा मेरो घरमा १ पटक मात्र चुल्हो बल्ने गरेको छ ।

तपाईको घर जाने बाटो पिच हुँदा, मेरो घर जाने बाटो भत्काउनु भएको छ ।

म जग्गा विहिन हुँदै बेरोजगार हुदै गर्दा, तपाईले डोजर र भ्याकुले धमाधम जमिन भत्काउनु भएको छ ।

तपाईले गाडी चढ्ने हुँदा, मलाई साहु र बैंकले ऋण पत्याउन छाडेको छ ।
तपाईको घरमा पानी जाँदा, मैले खाने पानीको मूल सुकेको छ ।

मेरो खेत बारी बाँझो हुँदा, तपाईले खेतीयोग्य जमीनलाई घडेरी बनाउनु भएको छ ।

तपाई र तपाईको नातागोताले जागिर पाँउदा, मेरा सन्तान नेपाल छोड्न बाध्य भएका छन्,

तपाईले निजी विद्यालय र कलेज खोल्दा, मेरो सन्तानले पढ्ने सरकारी विद्यालय मन्द भएको छ

मैले उपचार पाउने सरकारी अस्पताल थलिँदा, तपाईले निजी अस्पतालखोली सरकारी डाक्टरलाई तपाईले कजाँउनु भएको छ ।

तपाईले नानाभाती सेवा र सुविधा लिदै गर्दा, मैले तिर्ने करले मेरो ढाड सेकिएको छ ।

तपाईले भ्रष्ट्रचार गर्दा र कमिशन खाँदा, मैले हरेक समानको महंगोमा किन्न परेको छ ।

मेरो छोरा छोरी खाडीमा तल्लो स्तरको काम गर्दै गर्दा, तपाईले आफ्ना छोरा छोरी युरोप र अमेरिका पठाउनु भएको छ ।

तपाईले गाँउको घर र जमीन छोडेर बजार जाँदा, गाँउ र घर खण्डहर भएको छ ।

तपाईले अक्सिजन र औषधी पाँउदा, मेरो परिवार सामान्य औषधी र उपचार नपाएर मरेका छन् ।

मेरा छोरी बलत्कृत र छोरा मारिदा, तपाईले शान्ति सुरक्षा उपभोग गर्दै हिड्नु भएको छ ।

तपाईलाई विरुद्ध बोल्ने मान्छे थुनिँदा, हामीलाई अपहेलित गर्ने, बोक्सी भन्ने मलमूत्र खुवाँउने खुलेयाम हिडेका छन् ।
तपाईको आर्थिक हैसियत र आय बढ्दा, मेरो र मेरो परिवारको ऋण सँगै देशको ऋण बढेको छ,
म मर्न नसकेर बाँचेको छु ।

मेरा परिवार केही भोकले र केही रोगले खायो,

बाँचेकाहरु आफु र मलाई बचाउन देश विदेश गएका छन् ।

म एक्लै छु, असायह छु,

चुनावमा तपाईको नमस्कार र नाटकी मुस्कान बाहेक

देश समाज र परिवारको लागि तपाईबाट केही देख्न पाएको छैन,

पहिले पहिले पनि धेरै आस्वासन देखाउनु भयो तर केही गर्नु भएको छैन

त्यसैले

अब भन्नु मैले तपाईलाई भोट किन दिने ?

No comments:

Post a Comment


Pages