- · सर्वप्रथम आधुनिक मोबाईलमा आफ्नो ईमेल ठेगाना तथा आफ्नो सही विवरण दिने । ईमेल ठेगाना दिदा आफ्नो मात्रै दिने अरुको प्रयोग नगर्ने ।
- · फेसबुक तथा ईमो जस्ता सामाजिक संजाल आफ्ना नजिकका मान्छेबाट वा आफै बनाउने, अरुलाई बनाउन नदिने यसले गर्दा पासवर्ड लगायतका अन्य कुराको
गोपनियता हुदैन ।
- · समय समयमा पार्सवर्ड तथा लक कोडहरु परिवर्तन गरि रहने ।
- · मोबाई मर्मत गर्न दिन सके सम्म मेमोरी कार्ड,
सिम लगायतका चिजहरु नछोड्ने । मर्मत गर्दा सकेसम्म आफै सँगै बसेर बनाउने ।
- · अरुको सिमकार्ड नचलाउने र आफ्नो सिमकार्ड अरुलाई चलाउन नदिने ।
- · मोबाईलमा भएका GPS तथा Location Track
गर्ने जस्ता सिस्टमको बारेमा जानकारी राख्ने ।
- · सामाजिक संजालका पासवर्डहरु शेयर नगर्ने ।
- · परिचय खुल्ने विवरण नराखेका व्यक्तिलाई साथी नबनाउने ।
- · आफ्नो मोबाईल संचालन र राखिएका एप्सहरुको बारेमा राम्रोसँग जानकारि लिने ।
- · भिडियो तथा अडियो कल गर्दा विश्वासनिय किसिमले गर्ने ।
- · एकान्त तथा एक्लै छु भन्दैमा गोपनियता भंग हुने गरी फोटो तथा भिडियो नखिच्ने ।
Friday, May 03, 2019

प्रविधिको अज्ञनता नै अपराध बन्दैछ
आज हाम्रो दैनिकी मोबाईल तथा ईन्टरनेट नै हो भन्दा पनि हुने अबस्थामा पुगेका
छौ । सूचना प्रविधि मानवीय जीवनको अभिन्न अंग बनेको छ । सूचना प्रविधिका मोबाईल र
ईन्टरनेटको माध्यमले हाम्रो जीवन सहज र किफायती मात्रै बनाएको छैन पारिवारिक
विखण्डन र सामाजिक अपराध तथा विवाद पनि बढाएको छ
। जुन सदुपयोग नभएर दुरुपयोग हो । देश तथा देश बाहिरका सेलिब्रेटीहरुको
विभिन्न समयमा भएका विभिन्न प्रकारका स्क्याण्डलहरु समय-समयमा चर्चा हुने गरेको त हामीले थाहा नै पाएका छौ । ती र त्यस्तै
घटनाहरुले सेलिब्रेटीहरुलाई मात्र लक्ष्य नगरेर आम मानिसमा पनि प्रविधिले जटिलता
ल्याईदिएको छ । जहाँ प्रविधिको अज्ञनता अपराध बनेर । छिमेकी देशमा रोजगारी गर्ने व्यक्तिले चिनजान भएको केटी/केटी सँग केही दिनको प्रेम
पछि मागी विवाह गर्छन केही समय पछि केटा/केटीको मोबाईल बिग्रिन्छ, त्यो मोबाईल मर्मतको लागि परिवारका सदस्यहरुसँग पुग्छ, मोबाईल मर्मत गरी
हेर्दा मोबाईलमा अन्य केटा/केटीसँगको आपत्ति जनक फोटो र फेसबुकको म्यासेन्जरमा
अन्ट सन्ट देख्छन तब विवाद बढ्दै जाँदा सम्बन्धमा दरार आई सम्बन्ध विच्छेद सम्म पुगेको
छ । पारिवारिक तथा सामाजिक विकृतिको कारक बनेको जस्तै छ प्रविधिको अज्ञनता ।
त्यस्तै आपसी सहमतीमा मोबाईलमा कैद गरेका आन्तरिक तस्बिरहरु मोबाईल बनाउने
स्थानबाट चुहिएर गम्भिर प्रकारका घटना भएको पनि तपाई हामीहरु जगजाहेरै भएको अबस्था
छ । ईन्टरनेटमा भेट्याउने अश्लिल भिडियो तथा
फोटाहरु पनि जानेर नभई अज्ञनताको कारणले भएका धेरै प्रमाणहरु छन् ।
अहिलेका अपराधको कारक बनेका सामाजिक संजालहरु फेसबुक, ईमो, ह्यट्सएप,
भाईबर हुन आदी । यी र यस्तै धेरै घटना र
घटनाबाट घटेका डर लाग्दा परिणामहरुका साक्षी तपाई हाम्रो समाज बनेको छ । अहिले
तपाईहरुले गाउ, टोल, समाज, वार्ड, प्रहरी चौकी हुदै,
जिल्ला प्रहरी कार्यालय र अदालतमा यि र यस्तै कारणका परिणामहरुबाट दिनहु कचहरी
बसेको देख्नु हाम्रो दैनिकी जस्तो बनेको छ । अहिले जिल्ला अदालतमा सम्बन्ध
विच्छेदको मुद्दा चलेको श्रीमान श्रीमतिको अधिकांश कारण चाहि मोबाईल, फेसबुक तथा अन्य सामाजिक संजाल तथा सूचना प्रविधिका सामग्री भएका छन् । स्थानीय
तहको न्यायिक समिति र प्रहरी चौकीमा मेलमिलापको लागि आउने पारिवारिक विवादमा
अधिकांश फोन र सामाजिक संजालसँग जोडिएका मात्रै बढि हुने गरेका छन् । अहिले
सम्बन्ध विच्छेद माग्दै अदालत धाउने श्रीमान श्रीमतिहरुको अधिकांश विषय वस्तु केटा
वा केटीलाई फोन गर्नु, फेसबुकमा कुरा गर्नु आदी आदी शंका उपशंका र यथार्थ पनि ।
अब यि र यस्ता घटनालाई परिवार र समाज घट्न नदिन तपाई हामीहरु आ-आफै सजग हुने
हो र प्रविधिको सहि सदुपयोग गर्न सक्यौ भने मात्र यो सम्भव हुन्छ होईन भने यो
समस्या भुसको आगो जस्तै सल्किदै जाने छ ।
अब यि र यस्ता घटना घटित हुन नदिन यी कुराहरुमा ध्यान दिनु आवश्यक छ ।
यसरी हेर्दा पारिवारिक तथा सम्बन्धको समस्याको कारक नै मोबाईल तथा ईन्टरनेट
मात्रै हो जस्तो पनि देखिन्छ भने अर्को तर्फ हरेक क्षेत्र र कार्यलाई सहज र
सहुलियत बनाउने माध्यम पनि हो । त्यसैले यसको सही सदुपयोग गरी यसलाई सुविधाको
रुपमा प्रयोग गरौ नकि अदालत तथा प्रहरीमा मेलमिलापको लागि जान पर्ने किसिमले । यी
र यस्ता खाले अपराध तथा समस्यलाई रोक्न तपाई हामी स्वयं व्यक्तिगत रुपमा
जिम्मेवारी बनौ, प्रविधिको सही किसिमले प्रयोग गरौ, प्रविधिसँग म मात्र एक्लै छु भन्ने धारणा त्यागौ । अहिलेको परिवर्तिक
कानुनले सूचना तथा प्रविधिको विषय वस्तुलाई पनि ठोस प्रमाणको रुपमा ग्रहण गर्ने
ब्यवस्था गरेको छ त्यसैले अन्जानमा अपराधि नबनौ ।
साथै सरकारी निकायबाट पनि नीति, नियम र बनेका निती तथा नियमको नियमन र
कार्यान्वयनमा लागौ नकि प्राविधिक ज्ञानको कमी कमजोरीबाट सम्बन्धमा दरार तथा
समस्या ननित्याऔं । यसरी हेर्दा प्रविधिनै विखण्डको कारक हो जस्तो लाग्छ तर त्यसो
भने होईन । यसको प्रयोगक अज्ञनता र मोबाईल तथा सामाजिक संजाललाई प्रयोग गर्ने र
बुझ्ने सोचाई गलत हो । साथै यसको प्रयोगको अज्ञनता नै अपराध बनेको छ त्यसैले
प्रविधिलाई संचालनमा ल्याउदा बुझेर, सोचेर र जानेर मात्रै प्रयोग गरौ न कि हचुवाको
भरमा । यसरी पूर्ण जानकारी नहुँदा प्रयोग गर्दा यसको परिणाम पक्कै पनि राम्रो हुने
छैन यो अपराध बन्ने छ यसैले यसो प्रयोगमा विशेष ध्यान दिऔ । प्रविधिको अज्ञनतालाई
अपराध बन्न बाट रोकौं ।
यस लेखलाई बुटवल टुडे राष्ट्रिय दैनिकले मिति २०७६ बैसाख १८ गते बुधबार प्रकाशित गरेको थियो ।
Tags
# Article
# IT
# IT News
# Nepali News
# People
Share This

About Krishnva Verma
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates which are professionally designed and perfectlly seo optimized to deliver best result for your blog.
People
Labels:
Article,
IT,
IT News,
Nepali News,
People
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment