त्यसैले म हाकिम हुने हो - krishivabrothers

relation never dies but it begets. यो हाम्रो निजी ब्लग हो । यसमा प्रकाशित हुने व्यक्तिगत, सामाजिक, सामुदायिक, सरकारी, गैर सरकारी, अन्तराष्ट्रिय तथा विश्वमा भएका समसामयिक घटना तथा विषय वस्तुको बारेमा प्रकाशन गरिने गरिन्छ । खास गरि यसमा हाम्रो मूलुकमा भएका समसामयिक विषय वस्तुमा आधारित भएर लेख तथा रचनाहरु संरक्षित हुने छन् । प्रकाशित लेख तथा रचनालाई कुनै पनि किसिमको नक्कल गर्नु कानुन अनुसार बर्जित गरिएको छ ।

Breaking

Home Top Ad


Saturday, April 27, 2019

त्यसैले म हाकिम हुने हो

मलाई कार्यालय, समाज र देश बनाउनु छैन
मलाई घर, परिवार, नातागोता र व्यक्तित्व बनाउनु छ
मलाई सेवा, प्रक्रिया र पद्धति बसाउनु छैन
मलाई मेरो आर्थिक र सामाजिक हैसियत बसाउनु छ
म मितत्व्यी, समय सान्दर्भिक र सेवा उत्तरदायी बन्नु छैन
समाजमा मलाई बाल नदिने,
पढाई तथा जागिरमा म भन्दा अब्बललाई सान दिनु छ,
त्यसैले म हाकिम हुने हो ।
राजनीति आस्था र निष्ठा बदलेर भए पनि,
पैसा खुवाएर भए पनि,
हरेक तिकडम गरेर भए पनि,
म कुनै न कुनै कार्यालयको हाकिम बन्ने हो,
किनकि
मैले त्यही हाकिमको पदमा बसेर,
सरकारी साधन श्रोतको दोहन गरेर,
परिवार र नातागोतालाई तिर्थाटन गराउनु छ ।
सके काठमाडौँ न भए मुख्य सहरमा घर घडेरी जोड्नु छ,
छोरा छोरीलाई डाक्टर इन्जिनियर बनाउने नभए राम्रो देश पठाउनु छ,
कुनै दलको नेता गढ र उच्च घरानाका व्यापारीलाई गुन लगाउनु छ,
नीति, नियम, विधि प्रक्रिया यी त सब कागजी प्रक्रिया हुन्,
अनुगमन र परीक्षण त नाम मात्रैका हुन् हाम्रो देशमा
सरकारी जागिर र पैसा खान सके मात्रै हुन्छ
अहिलेसम्म कसैले असुल्न सकेको प्रमाण छ तपाइहरूसँग ?
त्यसैले मात्र कागजी प्रक्रिया पुरा गरेर कमाऊ गर्न सकिने पद हो,
त्यसैले म हाकिम हुने हो ।
मलाई ससुराल र माइतीमा सरकारी गाडी लिएर जानु छ,
साला-साली र भाइ-बैनीको बिहेमा जान सरकारी गाडी लिएर जानु छ,
श्रीमती-श्रीमान् र आफन्तहरूलाई घुमाउन सरकारी गाडी लैजानु छ,
बाल बच्चालाई विद्यालय पुर्‍याउन सरकारी गाडी प्रयोग गर्नु छ,
साथी भाइलाई होटेलमा नास्ता पानी गराएको बिल भुक्तानी गराउनु छ,
नाता गोता भेट्न सरकारी खर्च र गाडीमा जानु छ,
मलाई मामाको खर्चमा फुपूको श्राद्ध गर्नु छ
त्यसैले म हाकिम हुने हो ।
http://www.prasashan.com/2019/04/27/116970/

No comments:

Post a Comment


Pages