नेता ज्यू मलाई मतदातामा गणना नगर्नुहोला । - krishivabrothers

relation never dies but it begets. यो हाम्रो निजी ब्लग हो । यसमा प्रकाशित हुने व्यक्तिगत, सामाजिक, सामुदायिक, सरकारी, गैर सरकारी, अन्तराष्ट्रिय तथा विश्वमा भएका समसामयिक घटना तथा विषय वस्तुको बारेमा प्रकाशन गरिने गरिन्छ । खास गरि यसमा हाम्रो मूलुकमा भएका समसामयिक विषय वस्तुमा आधारित भएर लेख तथा रचनाहरु संरक्षित हुने छन् । प्रकाशित लेख तथा रचनालाई कुनै पनि किसिमको नक्कल गर्नु कानुन अनुसार बर्जित गरिएको छ ।

Home Top Ad

Wednesday, October 26, 2022

demo-image

नेता ज्यू मलाई मतदातामा गणना नगर्नुहोला ।

blank+add+file

 नेता ज्यू मलाई मतदातामा गणना नगर्नुहोला ।  
**************************************

FB_IMG_1665549059183
Krishna Verma

मलाई तपाईको पिए र सचिवालयमा काम नदिएर,

तपाईं मन्त्री र सांसद हुदा दिएको आश्वसन सबै बेकाम भएर,

तपाईले जागिर दिन्छु भनेर ऋण खोजेर भरेको फर्ममा तपाईका आफन्तलाई तपाईले सेटिङ्ग गरे पछि,

देशमा अब रोजगारीको ग्यारेन्टी गर्छु भन्ने घोषणा पत्र पढी ढुक्क भएर बस्दा बस्दै केही काम नपाएर,

कृषि र पशुपालन गर्दा समेत अनुदान भरि सबै तपाईले र तपाईका आसेपासेले मात्रै खाएर मलाई बर्वाद पारे पछि,

१०० दिने रोजगारीमा समेत मैले गरेको कामको कमिशन खाए पछि,

बृद्ध बा आमाको उपचार र बालबच्चालाई शिक्षा दिक्षा दिलाउन नसकेर,

दलमा भएको विस्वास र आस्थामा कुठाराघात गरेपछि,

म र मेरो परिवारलाई बिहान साँझ हात मुख जोर्न मुस्किल परे पछि,

तपाईले जस्तै बेईमानले होईन ईमान्दारले जहान परिवारलाई पाल्छु भनेर,

भएको जग्गा जमिन र तपाईले नपत्याएको ईमानलाई धितो राखेर,

तपाईंले बनाएको फ्रि टिकट र फ्रि भिसाको नीतिलाई खुलेयाम मंहगोमा किनेर,

दशैको टिकाको दिन चुडिएको मन र चप्पल घिसार्दै परिवार र  मेरो आशुको धारा बगाउदै,

म खाडी मुलुक छिरेको छु,

नेता ज्यू, माफ गर्नुहोला यो पटक म तपाईले मलाई ढाट्न सक्नु भएन,

यदि मलाई पनि तपाईको भोटरमा गणना गर्नु भएको छ भने,

माफ गर्नु होला, म यो देशमा छैन, मेरो आवश्यकता तपाईलाई भएन,

मलाई तपाईको मतदातामा गणना नगर्नुहोला ।

धन्यवाद । 

No comments:

Post a Comment

Pages

undefined