कसरी पहिचान गर्ने सफल र आत्मविश्वासी महिला - krishivabrothers

relation never dies but it begets. यो हाम्रो निजी ब्लग हो । यसमा प्रकाशित हुने व्यक्तिगत, सामाजिक, सामुदायिक, सरकारी, गैर सरकारी, अन्तराष्ट्रिय तथा विश्वमा भएका समसामयिक घटना तथा विषय वस्तुको बारेमा प्रकाशन गरिने गरिन्छ । खास गरि यसमा हाम्रो मूलुकमा भएका समसामयिक विषय वस्तुमा आधारित भएर लेख तथा रचनाहरु संरक्षित हुने छन् । प्रकाशित लेख तथा रचनालाई कुनै पनि किसिमको नक्कल गर्नु कानुन अनुसार बर्जित गरिएको छ ।

Breaking

Home Top Ad


Thursday, August 24, 2023

कसरी पहिचान गर्ने सफल र आत्मविश्वासी महिला

बोलिचालीमा निस्कने वाक्यांशहरुबाट हामी धेरै कुराहरुको अडकल गर्न सक्छौ । मानिस कस्तो छ, सहज, असहज, ज्ञानी, सफल, सकरात्मक, गफाडी, अश्लिल आदी कुराहरु कुरा कुरैमा थाहा पाउन सकिन्छ । यसमा पनि महिला  र पुरुषहरुले प्रयोग गर्ने वाक्यांशहरु फरक फरक हुने गर्दछन् । यदी तपाई पनि कुनै महिलाहरुले कुराको शिलशिलामा यी कुराहरु मध्ये अधिकांश वाक्यांशहरु दोहोरिन्छन भने बुझ्नुहोस तपाईसँग कुरा गर्ने महिला आत्मविश्वासी Confidence र सफल महिला हुन भन्ने । 


सफल/आत्मविश्वासी महिलाहरुले प्रयोग गर्छन यी १२ शब्दावलीहरु

१.             यसमा मेरो अन्तर्ज्ञान/आत्माज्ञानमा विश्वास गर्छु ।

२.             म आफ्नो व्यक्तिगत हेरचाह (Self Care) र बृद्धि (Personal Growth) लाई प्राथामिकता दिन्छु ।

३.             यो विषयमा मेरो दृष्टिकोण यस्तो छ ।

४.             चुनौतीहरु विकास/वृद्धिको लागि अवसर हुन ।

५.             मेरो समय र उर्जा/शक्ति वहुमूल्य छन् ।

६.             म आफूलाई सकरात्मक सोचले घेरिएर रहन/बस्न चाहन्छु ।

७.             म प्रतिक्रियाको लागि खुल्ला छु तर म आफ्नो निर्णयमा अडिग पनि छु ।

८.             म आफ्नो क्षमतामा विश्वास गर्छु कसैको दया र करुणामा होईन ।

९.             सिधा विषय वस्तु/मुद्दामा लागौं ।

१०.       म हरेक विषय वस्तुको सीमा निर्धारण गर्न सहज मान्छु ।

११.       मसँग यसको जवाफ छैन तर म छिट्टै यसको जवाफ पत्ता लगाउनेछु ।

१२.       म प्रशंसाको कदर गर्छु जुन प्रशंसाको गर्न लायक हुनको लागि धेरै कडा मेहेनत गरेको छु ।


No comments:

Post a Comment


Pages