खै हाम्रो
राष्ट्रवाद ?
नेपालको उत्पत्तिसँगै नेपालले विभिन्न
कालखण्डमा विभिन्न किसिमका शासन व्यवस्थाहरुलाई भोग्दै आएको छ तर तिनीहरु
जनताकोलागि कहिल्यै भएनन भए त शासक र राजा रजौटाहरुका लागि मात्र । नेपालमा
किँरातकाल लिच्छिविकाल,
मल्लकाल, शाह बंश,
जहानिय राणा शासन, प्रजातन्त्र,
पंचायत, संवैधानिक
राजतन्त्र हुँदै अहिले नेपालमा आधुनिक गणतन्त्रको अभ्यास भै रहेको छ । प्राचिन
कालमा शासन व्यवस्था राज्य विस्तारको लागि विभिन्न साना साना राजा तथा राज्यसँग
लडाई गर्दै आधुनिक नेपाल तयार गरे भने पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि
भने केही काल खण्डमा राष्ट्रियताको नाममा बिदेशीहरुसँग समेत लडाई लड्यो जुन
राष्ट्रि
यताको खाटी लडाई थियो । नेपालको एकीकरण पछि अंग्रेजसँगको लडाईमा हाम्रा
बीर पुर्खाहरुले विभिन्न लडाईमा वीरगती प्राप्त गरे । जब नेपालको राज्य व्यवस्था
जनतामूखीको बाबजुद परिवार र व्यक्ति विशेषमा जान थाल्यो त्यसपछि राज्य व्यवस्था
जहाँनीय राणाशासनको हातमा पर्यो जुन नेपाली जनताकोलागि अभिशाप साबित भयो र जनताले
यसको बिरुद्धमा आवाज उठाए केही समयको विरोधका बाबजुद नेपालले प्रजातन्त्र पायो ।
जुन प्रजातन्त्रले जनतालाई केही राहत महशुस भए पनि वास्तविक प्रजातन्त्रको महसुस
गर्न पाएनन र जसको बावजुद नेपालले फेरी पंचायती व्यवस्था भोग्नु पर्यो । यस शासन
व्यवस्थाले जनतालाई बिभिन्न गुमराहमा राखी नेपाली जनताको नाममा व्यक्ति विशेषले
राज्यको दोहन गरे । यसको पनि सही सदुपयोग नभएको र जनताले आधुनिक युगमा पनि पुरानो
र संसारमै नभएको राज्य व्यवस्थाको विरुद्धमा आवाज उठाए जुन आवाज प्रजातन्त्रको
लागि थियो र २०४६ मा नेपालमा फेरी संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्रको उदय
भयो । त्यसैलाई लिएर विभिन्न पार्टीले खारेजीको माग गर्दै नेपालमा विभिन्न युद्ध
सुरु गरे जसको माग थियो यो व्यवस्थामा राज्यको सबै सेवा सुविधा केही व्यक्तिमा
सिमित भयो यो वास्तविक प्रजातन्त्र भएन वास्तविक प्रजातन्त्र त अंब्राम्ह लिंकनले
भने जस्तै जनताको लागि जनताले गर्ने शासन मात्र प्रजातन्त्र हो भनि जनतालाई उक्साई
जनयुद्ध लगायतका विभिन्न आन्दोलन भए जसको फलस्वरुप नेपालले २०६३ सालमा गणतन्त्र
प्राप्त गर्यो अनि जनतामा एक किसिमको आशा पलायो अब जनताले जनताको लागि राज्य
व्यवस्था संचालन गरी जनतमा समनता हुने छ अब दुई प्रकारका जनता हुनेछैनन्न ।
राज्यमा सबै हक अधिकार जनतामा निहित हुने छ यसरी शुरु भएको गणतन्त्रले न त जनताको
शासनस न त जनताको अधिकार केही पनि उपलब्धि भएन भयो त जसले जनताको लागि भनि विभिन्न
जातजाती र समुदायलाई उचाली आन्दोलनको नेतृत्व गरेका थिए उनीहरु राज्यका सर्वे
सर्वा भए जनताको लागि मरेका सकिए र लडेका पनि सकिए ।
अहिले हाम्रो मूलुक गणतन्त्रको भरपूर
अभ्यास गर्दै अस्थिर सरकार र सत्ता समीकरणमा लागि रहेको छ । यसले नेपाललाई धेरै
वर्ष पछाडि धकेलि सकेको छ । अब कुरा उठी रहेको छ को पक्का राष्ट्रवादी ?
तर पक्का राष्ट्रवादी को र कुन पार्टी भन्ने विषयमा तर्कले नै जितेर राष्ट्रवादी
बनेका छन् काम र व्यवहारले भन्दा । यहाँ
राष्ट्र र जनतालाई नेता तथा पार्टीले कहिल्यै पनि सोचेको छैन पार्टी र नेताले खाली
सत्ता र पद मात्रै प्राप्त गर्न चाहन्छन् । सत्ता र पदको लागि विभिन्न राज्य
प्रणाली र व्यवस्थाको बिना अनुभव अभ्यास गरी जनतालाई प्रजातन्त्र लोकतन्त्र
गणतन्त्र प्रति घृणा पैदा गरिरहेका छन् । नेपालले गणतन्त्रको लागि २०५२ साल देखि
अराजक र अशान्ति बाहेक केही पनि प्राप्त गरेको छैन । जनतालाई कुनै पनि पार्टी र
सरकारले जनताको अस्तित्वलाई महशुस नै गरेका छैनन् भने जनता पनि वास्तविक जनताको
अधिकार भन्दा पनि पार्टी र दल विशेषमा समाहित भएर एक जनताले राखेको माग र वास्तविक
जनताको अधिकार हक र सुविधाको वाधक बनेका छन् । राजनितिक मात्रै नभएर प्राकृतिक र
दैविक रुपमा पनि नेपाली जनताले दुख पाउदै आएका छन् । २०७२ सालमा नेपालमा गएको
महाभूकम्पले नेपाली जनतालाई कहिल्यै नबिर्सने गरी दुख दियो । अब हामी राष्ट्रियता
र जनतामुखी कुन र को पार्टी भन्ने बारेमा चर्चा गरौं महा भूकम्मपले जनताको धन जनको
क्षती गर्यो अहिले सम्म जनता त्रिपाल मुनी वस्न बाध्य भएका छन् । यसका लागि देश
विदेशबाट विभिन्न राहत तथा सहुलियत समे प्राप्त गर्यो तर हामीले दल र नेतृत्वले
कहिल्यै सोचेनौ ती जनता हाम्रा भोटर हुन तिनीहरुको माग प्रति कसैले एक्यवद्धता
जनाएनौ जनायौ त केबल एक सरकारले अर्को सरकारलाई दोषारोपण गर्न । त्यस पछि
संविधानको शुरुवात सँगै नेपालमा भारतले अघोषित नाकावन्दीको प्रचार प्रसार गरियो तर
यसमा हामीले भारतको खुलेरै विरोध गर्यो तर हामी र हाम्रो सरकारले गर्न सक्ने कालो
बजारी प्रती कसैले आवाज उठाएनौ । नाकावन्दीको नाममा हामी र हाम्रा व्यपारीगणले
गरेको कालो बजारीले जत्ति जनतालाई दुख दियो त्यो दुखको तुलनामा भारतको नाकावन्दी
केही पनि थिएन । हामीले गर्ने सक्ने काम भन्दा पनि दोषारोपण गर्ने काममा बढी ध्यान
दिन्छौ ।
जनयुद्धको शुरुवात सँगै कति शहिद भए
कति वेपत्ता भए ? कसैको मर्दो जिउदो अहिले सम्म उत्तो पत्तो छैन
खै हामी तिनीहरुको परिवारलाई लिएर तिनिहरुको खोजीनिधी र पत्ता लगाउन प्रयास गरेको ?
के यो हाम्रो राष्ट्रवाद हैन ? जनतलाई
विना सित्तै राज्य र विद्रोही पक्षले अनाहकमा हत्य र वेपत्ता पारि परिवार
विक्षिप्त बनेको छ खै हामीले उनीहरुको साथ दिएको ? महा
भूकम्प गयो जनधनको अपूर्णिय क्षति भयो जनता अहिले सम्म पनि पाल तथा त्रिपाल मुनी
बस्न बाध्य भएका छन् कति सरकार बदलीय तर खै ती जनताका जीवन स्तर सुधारिएको ?
खै हामी राष्ट्रवादी र स्वतन्त्र भन्ने समुदायबाट उनीहरुको पक्षमा आवाज उठाएको ?
भारतले अघोषित रुपमा गरेको नाकावन्दीको अबसरमा हाम्रा व्यपारी र नेतागणको
मिलेमतोमा गरेको कालोबजारीको बिरोध र सरकारले गरेको कार्वाही खै ?
जनता भ्रष्ट्रचार र अनियमिताको चरम शोषणमा परेका छन् खै हामीले उनीहरुको पक्षमा
कुनै पार्टी र नेतृत्वले उनीहरुको पक्षमा वकालगत गरेको ?
जनता सरकारी अस्पतालमा औषधी खान पाएका छैनन् खै हामीले आवाज र वकालत गरेको ?
जनताले गरीबीको कारणले अस्पतालमा आत्म हत्य गरेका छन् ?
खै हामीले आवाज उठाएको ?
हाम्रा युवा तथा जनता विदेशी भूमीबाट दिनका दिन बाकसमा प्याक भएर आएका छन् हामीले
त्यसैमा राजनिती गरेका छौ खै हामीले दीर्घकालिन समधानको उपायको लागि योजना बनाएको ?
खाली भारत चीन लगायतका अन्य राष्ट्रलाई दोष लगाउदैमा हामी राष्ट्रवादी हुन सकिदैन
राष्ट्रवादी हुन जनता र देश प्रति बफादार र इमान्दार हुनु पर्छ । हामी सानाको
भन्दा ठूलाको पछि बढि लाग्छौ हामी डा
गोविन्द के सीको पक्षमा वकालत गर्छौ तर खै गोरखाकी नन्दमायाको बारेमा बोलेको ?
साना र असहाय जनताको बारेमा पनि आवाज
उठाऔं जसले हामीलाई राष्ट्रवादी र ईमन्दार नागरिक बनाउन मद्दत गर्छ नकि अन्य
राष्ट्र र विपक्ष पार्टीको वकालगत गर्दैमा हामी राष्ट्रवादी बन्न सकौं ।
यस लेखलाई राष्ट्रिय दैनिक नागरिक न्यूजले मिति २०७३ साल माघ १९ गते प्रकाशित गरेको थियो ।
No comments:
Post a Comment