अख्तियार व्यक्ति कि संस्था ? - krishivabrothers

relation never dies but it begets. यो हाम्रो निजी ब्लग हो । यसमा प्रकाशित हुने व्यक्तिगत, सामाजिक, सामुदायिक, सरकारी, गैर सरकारी, अन्तराष्ट्रिय तथा विश्वमा भएका समसामयिक घटना तथा विषय वस्तुको बारेमा प्रकाशन गरिने गरिन्छ । खास गरि यसमा हाम्रो मूलुकमा भएका समसामयिक विषय वस्तुमा आधारित भएर लेख तथा रचनाहरु संरक्षित हुने छन् । प्रकाशित लेख तथा रचनालाई कुनै पनि किसिमको नक्कल गर्नु कानुन अनुसार बर्जित गरिएको छ ।

Breaking

Home Top Ad


Wednesday, February 15, 2017

अख्तियार व्यक्ति कि संस्था ?


मूलुकमा  जनतालाई सुशासनको प्रत्यभूती दिलाउन सार्वजनिक पद धारणा गरेको व्यक्तिले आर्थिक अनियमितता तथा पदको दुरुपयोग नगरोस र गरेमा अनुसन्धान पश्चात नियमानुसारको कार्वाही गर्नको लागि संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था छ ।  विगतका केही वर्षमा अख्तियारले सार्वजनिक पद धारण गरेका नियत ठीक नभएका तर पहुँच कम भएकाहरुको सातो लिने कामले अख्तियार दुरुपयोग अनुसन्धान आयोग केही चर्चामा आएको थियो र अहिले फेरी निवर्तमान प्रमुख आयुक्तको कारणले पुन चर्चामा रहि आएको छ । तर वास्तवमा जे जसरी भए पनि यसको अहिलेको गतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग व्यक्ति कि संस्था ? भन्ने प्रश्नले उत्तर खोजी रहेको अबस्था छ । गत पौषमा प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालतले अयोग्य ठहराए पश्चात यो संस्था वास्तवमा केही गर्न नसक्ने जस्तो र जनतामा पनि यसको प्रभाव कम हुदै गईरहेको जस्तै छ । अब प्रश्न यी छन् कि लोकमानले मात्रै यो संस्था संचालन गर्न र अनुसन्धानको सरगर्मी ल्याउन सक्ने हुन ? उनी बाहेक अरु कोही छैन ? के उनले गरेको प्रतिशोधको प्रतिशोध हो उनको अयोग्यता ? अनि उनले अनुसन्धान थालेका भ्रष्ट्रचार र दुरुपयोग सम्बन्धि मुद्दा मामिला पनि अयोग्य थिए ? आदी र यस्तै अनुत्तरित प्रश्नहरु अहिले छरपष्ट भएका छन् भने मूलुकले भ्रष्ट्रचारको मामिलामा विश्वलाई चुनौति दिएको अबस्था पनि छ ।  यदि सहि र उचित अनुसन्धान र कार्वाही भएको थियो भने किन भ्रष्ट्रचारमा पहिले भन्दा नेपाल तल झर्न सकेन यो पनि एउटा अनुत्तरित्त प्रश्न छ । तर जे होस संवैधानमा व्यवस्था भए बमोजिम यस आयोगलाई राजनैतिक हस्तक्षेपबाट बाहिर राखी यसको काम कार्वाही अगाडि सशक्त किसिमले बढाउनु अनिवार्य छ । 

यदि यसको संचालनको प्रक्रियालाई कमजोर बनाईयो भने मूलुकमा विद्यमान भ्रष्ट्रचार अनियमितता र मौलाउदो पदीय दुरुपयोगलाई निश्तेच पार्नको लागि यसको पूर्णता संचालन र कार्यान्वयनको सशक्त आवश्यकता छ ताकि निवर्तमान प्रमुख आयुक्तको जस्तो नियुक्ति, अनुसन्धान, पूर्वाग्राही व्यवहार लगायतका क्रियाकलापले निरन्तरता नपाओस जसले कार्यान्वनमा वफादार होईन ईमान्दार हुन परोस । पद र संस्थाको धङ्धङीले होईन सफल र सबल कार्यान्वयले जनताले श्रद्धाले नमन गर्न परोस । सरकार, राजनितिक दल, विपक्ष दल, स्वतन्त्र बुद्धिजिवी  र आम नागरिक यसको यसको सबल र सफल संचालन र कार्यान्वयनमा ल्याई विश्वमा भ्रष्ट्रचारमा तेश्रो बन्न सफल मूलुकलाई दोश्रो हुन नदिन तर्फ ध्यान दिऔं यसैमा सबै लागौ । अख्तियार दुरुपयोग अनुसन्धान व्यक्ति होईन संस्था हो भन्ने तर्फ सबैले बुझ्न सक्ने वातावरण श्रृजना गरौ न कि सिङ फालेर भारी कम भएको महसुस नगरौं ।  
नागरिक दैनिकमा २०७३ साल माघ महिनामा प्रकाशित ।

No comments:

Post a Comment


Pages