अब हामी जनता सुध्रिने कि ? - krishivabrothers

relation never dies but it begets. यो हाम्रो निजी ब्लग हो । यसमा प्रकाशित हुने व्यक्तिगत, सामाजिक, सामुदायिक, सरकारी, गैर सरकारी, अन्तराष्ट्रिय तथा विश्वमा भएका समसामयिक घटना तथा विषय वस्तुको बारेमा प्रकाशन गरिने गरिन्छ । खास गरि यसमा हाम्रो मूलुकमा भएका समसामयिक विषय वस्तुमा आधारित भएर लेख तथा रचनाहरु संरक्षित हुने छन् । प्रकाशित लेख तथा रचनालाई कुनै पनि किसिमको नक्कल गर्नु कानुन अनुसार बर्जित गरिएको छ ।

Breaking

Home Top Ad


Friday, March 31, 2017

अब हामी जनता सुध्रिने कि ?

हामीले छोटो समयमा धेरै किसिमका राजनितिक व्यवस्थाहरुको अभ्यास गर्दै संघीय गणतन्त्रको अभ्यासमा पाईला टेकेका छौ । गणतन्त्रात्मक राज्य व्यवस्था आधुनिक समयको जल्दोबल्दो र जनताद्वारा मन पराईएको विकसित राज्य ब्यवस्था भएता पनि जनता र जनताका प्रतिनिधी बीचको सम्बन्ध भने सटिक मात्रै बन्न सकेको अनुभव हामी गर्न सक्दछौ । हाम्रो मूलुक अहिले संक्रमणकालकै अबस्थामा छ भन्दा पनि हुन्छ । यो अबस्था ल्याउनमा हामीले हाम्रो नेतृत्वलाई दोषारोपण गरिरहेका हुन्छौ । अब हामीले साच्चै सोच्ने बेला भएको छ, के तपाई हाम्रा नेता र हाम्रो नेतृत्वले हामीलाई यो अबस्थामा पुर्याएको हो त ? यो अबस्था ल्याउन र आउनमा हाम्रो केही दोष छैन ? हामीले सधै हाम्रा नेता र नेतृत्वको दोषारोपण गरिरहेका छौ । यिनैहरुले हाम्रो मूलुकको यो अबस्था बनाएका हुन, यिनीहरुलाई देशको चिन्ता छैन खाली भत्ता मात्रा पचाईरहेका छन्,  पार्टी र सिद्धान्त भन्दा नातावाद र कृपावादको हावी भयो, यिनीहरुले राज्य र जनताको बारेमा कहिल्यै सोचेनन् आदी आदी ।  विकसित मूलुकका नेता तिनीहरुको नेतृत्व र ति देशमा भएका विकास निर्माण र पद्दतीको बारेमा हामीले हरेक समयमा गफ्फा लाएर बसेका हुन्छौ । अझ त्यसमा पनि हामीले हामी समर्थन पार्टीका नेता र कार्यकर्ता र उनीहरुको आदर्श देश भक्ति  पद्दती र तिनीहरुको त्याग तपस्या र राज्य र राज्य ब्यवस्थामा दिएका योगदान र टेवाको टिप्पणी हाम्रा प्राय विषय बस्तु बनेका हुन्छन् । हामीले अहिले सम्म हामी जनताको कमजोरीको कारण यो अबस्था आएको हो र हाम्रो शक्तिको अन्दाजा लगाउन हामीले सकिरहेका छैनौ  सकेका छौ त नकरात्मक टिप्पणी फरक पार्टी र त्यसका नेता कार्यकर्ताको । तर हामीले कहिल्यै सोचेनौ कि ति नेता र नेतृत्व हामीले पठाएका हौं र समय समयमै आफू आफूमा लडाई झगडा गरी तिनीहरुलाई जिताएका पनि छौ र भन्दै पनि छौ देश र व्यवस्था नेताले बिगारे ।


अब नेतृत्व छनौटको माध्यम जनता भएको गणतन्त्रात्मक व्यवस्थाको अभ्यासमा हामीले पटकौं वितायौ धेरै व्यवस्था र नेतृत्व परिवर्तन भए तर हामी किन परिवर्तन हुन सकेनौ ? हाम्रा हरेक रोजाईमा तिनै नेता र नेतृत्व किन परे र किन फेरी हामी तिनीहरुलाई सरापेका छौ ? यो मुख्य विषय हो । हामीले धेरै आदर्श र राजनितिको कुरा गर्दछौ र दोषारोपण गरिरहेका छौ सबै बिग्रियो खत्तम भयो भनेर मुलुक आधुनिक गणतन्त्रमा गयो तर हामी जनता भने रामराज्यको समयमा जस्तै आदर्श र नैतिकतामा रही परम्परागत राजनिती गर्दै आएका छौ । अब नेता र नेतृत्व चुन्ने समय आएको छ त्यसमा हामीले हाम्रा होईन राम्रा र योग्य व्यक्ति छानौ । हामी राजनिती र दलभन्दा भात्तृत्व व्यक्तित्व र सामाजिक बनौं । हामी कुनै पनि वादको आदर्शमा नलागौ लागौ त परिणाममा । हामीलाई आदर्शको भोक जगाउनेलाई भन्दा परिणाम देखाउनेलाई भोट दिउ । जनता जनार्दन हुन यिनीहरुले हामीलाई कहाँ बाट कहाँ पुर्याउन सक्छन भन्न डर पैदा गराउ नकि तपाई हाम्रा भोट कुनै होटल र दलका कार्यालयमा बसेर आकंलन गरेको भरमा नेतृत्व सम्हाल्न नदिऔं । समय सापेक्षा तपाई हाम्रो मनोभावना बुझ्ने योग्य जनता प्रति बफादार हुन नेतृत्व रोजौं । हामी परम्परागत राजनितीबाट थोरै माथि उठी गाउ समाज र देशको माग अनुसारको योग्य उम्मेदवारको छनौट गरौ दलगत स्वार्थमा नलागौ । जुन दलले राम्रो उम्मेदवार खडा गर्छ उही उम्मेदवारलाई विजयी गराऔं ताकि दलले तपाई हाम्रो तागत बुझोस उम्मेदवार सहि र गलत छान्न अधिकार जनतामा निहित गरोस तब पक्का लोकतन्त्रको भरपूर उपयोग हुन सक्नेछ नत्र तपाई हामी यही अबस्थामा नेता र नेतृत्वलाई छनौत गर्दै गयौ भने हामीले आधुनिक युगको विकास र प्रगति देख्नबाट बञ्चिज पक्कै हुने छौ । जनता हामी सुध्रिने कोशिस गरौ योग्य र क्षमतावान नेतृत्व छान्नमा चनाखो बनौ नकि कुनै दलको भोट बैंक बनी तिनीहरुलाई अन्धो राजनिति गराउनमा प्रयासरत । 
मिति २०७३ साल चैत्र १६ गतेको नागरिक दैनिकमा प्रकाशित लेख 


No comments:

Post a Comment


Pages