Monday, April 03, 2017

Home
GovernmentOffice
ICT
Internet
IT
IT News
Nepali News
News Paper
People
Political Issues
सरकारी निकायहरु किन सूचना प्रविधि मैत्री हुन सकिरहेका छैनन् ?
सरकारी निकायहरु किन सूचना प्रविधि मैत्री हुन सकिरहेका छैनन् ?
आजको
युग सूचना र प्रविधिको युग हो भनेर बोल्ने, सुन्ने र लेख्ने गरेको पाईन्छ । हरेक काम
कुरालाई उदाहरण दिदा र सम्झाउदा पनि सूचना प्रविधिको युगमा पनि यस्तो र उस्तो भनेर
भनेको पाईन्छ । तर वास्तवमा सूचना प्रविधिको प्रयोग के र कस्तो भन्नेमा हाम्रो
सरकारी निकाय त्यती गम्भिर भएको भने पाईदैन । के कार्यालयका चिठी पत्र लगायतका कागजपत्रहरु
टाईप प्रिन्ट गर्ने काम मात्र अहिले भन्दै र सुन्दै गरेको सूचना प्रविधि को प्रयोग
हो ?
के प्रत्येक वर्ष सरकारले विनियोजन गरेको रकममा विद्युत्तीय सामग्री खरिद गर्नु र
कार्यालयमा अधिक मात्रामा सामाजिक संजालको प्रयोग गर्नु सूचना प्रविधिको प्रयोग हो
?
पक्कै पनि होईन । सूचना प्रविधि भनेको कम्प्युटर तथा ईन्टरनेटको
प्रयोगबाट कार्यालयको कामकाजलाई व्यवस्थित,
सजिलो, छिटो र एकीकृत पद्धतीमा कार्य संचालन गर्नु, गराउनु र जनतालाई चाहिएको सूचनाहरु सहजरुपमा
पाउन सक्ने गराउनु नै वास्तवमा सूचना प्रविधि मैत्री कार्यालयको विशेषता हो तर
सरकारी कार्यालयको सूचना प्रविधिको प्रयोग भन्दै कम्युटर,
ल्यापटप र १-२ वटा प्रिन्टर फोटोकपि मेसिन खरिद गरी चिठी पत्रहरुलाई
कम्प्युटराईज्ड गरिने कार्यालाई सूचना प्रविधिको प्रयोग भनेर भन्ने गरेको पाईन्छ
वास्तवमा त्यो चाही कुनै पनि हालतमा होईन । तर हाम्रै मूलुकमा एउटा सामन्य सरकारी
कार्यालयको वार्षिक बजेट जति अधिकृत तथा चालु पुँजी नभएका प्राईभेट संघ सस्थाहरुले
सूचना प्रविधिको प्रयोग गरेर मनग्य फाईदा कमाउदै छिटो छरितो र व्यवस्थित किसिमले
सेवा प्रवाह गरिरहेको कुरा यहाँ जनाई राख्नु पर्दैन भने सरकारी निकायले अहिले सम्म
अधिकांश मन्त्रालय र त्यस अन्तरगतका कार्यालयहरुमा पनि लिंक गरेको पाईदैन ।
मिति २०७३ साल चैत्र २१ गतेको कान्तिपुर राष्ट्रिय दैनिका प्रकाशित बिचार
सूचना
प्रविधिको प्रयोगको लागि पूर्वाधार नै महत्वपूर्ण कुरा हो । पूर्वाधार भन्नाले विद्युत्त
कम्प्युटर प्रिन्टर ईन्टरनेट र संचालन गर्ने जनशक्ति आदी । सरकारले हरेक
कार्यालयको वार्षिक कार्यालय संचालन खर्चमा सूचना प्रविधिको लागि धेरै समय पहिले
देखि केही रकम छुट्याएको छ तर कार्यालयमा प्रत्येक वर्ष कम्प्युटर खरिद गर्ने केही
रकमले वार्षिक रुपमा ईन्टरनेट खरिद गरी ईन्टरनेटको प्रयोगबाट माथिल्लो निकायको
वेवसाईट हेर्ने र सामान्य कागजातलाई ईमेलमार्फत संप्रेषण गर्नु र कार्यालय समयमा
सामाजिक संजाल प्रयोग गर्नु भन्दा अरु कुनै ठूलो काम गरेको तथा भएको पाईदैन । के यहि हो हाम्रो सरकारी निकायले
प्रयोग गरेको सूचना प्रविधि ? आजको युगको सूचना प्रविधिको प्रयोग भन्नाले
मन्त्रालय विभाग लगायत माथिल्लो निकाय देखि तल्लो निकाय एक संजालमा जोडिई त्यसै मार्फत
कार्य सम्पादन गर्नु वास्तविक सूचना प्रविधिको प्रयोग हो । तर त्यही हुन सकिरहेको
छैन । के कारणले यसको प्रयोगले स्थान ओगटन् सकि रहेको छैन भन्ने तर्फ सबैले सोच्नु
पर्ने बेला भएको छ । अब मूलुक संघीयतामा गैसको छ यहाँ संघीयताको प्रमुख उद्देश्य
जनतालाई सुविधाको घेरा फराकिलो एकिकृत बनाउने सोचका साथ अगाडि बढिरहेको बेला हामी
पुरानै शैलीलाई अबलम्बन गरी चिठी पत्र टाईप र प्रिन्ट जस्ता सामान्य कुरालाई मात्र
सूचना प्रविधिसँग जोड्न थाल्यौ भने संघीयतामा जनतालाई सेवा प्रवाह अबश्य कठिन नै
हुने छ ।
मिति २०७३ साल चैत्र २१ गतेको नागरिक दैनिकमा प्रकाशि विचार
हाम्रा
सरकारी कार्यालयहरु किन सूचना प्रविधि मैत्री हुन सकिरहेका छैनन त यो हामी सबैको
सरोकारको बिषय हो । यसो हुनुमा हाम्रो परम्परागत कर्मचारी प्रशासन र कार्य शैली, सूचना मैत्री र अध्यावधिक हुन नचाहने र परिचित
दक्ष जनशक्तिलाई जिम्मेवारी दिंदा सबैकुरा थाहा पाउछन् भन्ने सोच्ने कार्यालय तथा
शाखा प्रमुखहरु यसका कारण हुन् । यसको कारकमा सरकारी संयन्त्र मात्र छैन निजी
क्षेत्र, भौगोलिक अबस्थिति
दक्ष जनशक्ति र पर्याप्त आवश्यक पूर्वाधारको कमी पनि हो । हाम्रो देशमा निजी
क्षेत्रको सूचना प्रविधिको क्षेत्रमा सक्रिय कम्प्युटर एसोशियसन अफ नेपालले पनि
सरकारी निकायलाई सामान बेच्ने भन्दा अरु नविन तथा देशलाई सूचना प्रविधि मैत्री बनाउने कार्य गर्न सकेको अनुभव
र परिणाम देख्न पाईएको छैन । आशा छ मूलुक संघियतामा जादै गर्दा यी कुराहरुलाई
अबलम्बन गरी २१ औं शताब्दीको उपलब्धी सूचना प्रविधिलाई भरपूर प्रयोग गरी सेवा
प्रवाहलाई चुस्त दुरुस्त र छिटो छरितो बनाउनमा सरोकारवालाहरु लागि परौं नकि सूचना
प्रविधिको प्रयोगको नाममा प्रत्येक वर्ष कम्प्युटर खरिद,
ईन्टरनेट जडान, तालिम संचालन र सामाजिक संजालको प्रयोगमा मात्र सरकारी
रकम खर्च नगरौं । विकसित देशमा जस्तो हरेक कार्यालय र सेवालाई कम्प्युटर संजालमा
जोडी सफ्टवेयरको विकास र प्रयोग गरी सेवा प्रवाहमा पद्दतीको अबलम्बन गरौं ।
Tags
# GovernmentOffice
# ICT
# Internet
# IT
# IT News
# Nepali News
# News Paper
# People
# Political Issues
Share This

About Krishnva Verma
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates which are professionally designed and perfectlly seo optimized to deliver best result for your blog.
Political Issues
Labels:
GovernmentOffice,
ICT,
Internet,
IT,
IT News,
Nepali News,
News Paper,
People,
Political Issues
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment