बिहे गर्ने बेलामा शहर बजारमा राख्ने छु भनेर हजुरले गरेको बाचा सम्झद त यो कोरोना सोरोनालाई मारिदिउ झै लाग्यो । न खाने मन लाग्यो न बस्ने मन न त बोल्नै न लाग्यो त त्यही पापी शहरको र रमझमको ।
मैले यहाँ आए देखि न त मलाई पैसाको आवश्यकता परेको छ न त खान पिनको नै । उहाँ दिनको हजारले नपुग्ने मलाई यहाँ सय मै काम चल्छ । बिहान भात खाए बेलुको आटो र रोटी खाएका छौ । करेसा बारीमा टिपेर हरियो साँग सब्जी खाएका छौ ।
प्राकृतिले हामीलाई समय समयमा चेतना दिदै आएको छ । उहिले हाम्रा बा बाजेले न त जागिर गरे न त व्यवसाय नै तर त्यही पाखा बारी र खेतले पुगेकै थियो तर आजकाल कोही नोकरी गरेका छन कोही व्यवसाय गरेका छन तर पनि किन खान लाउन पुगेको छैन किनकी हामीले खेती पाती नगर्ने खाली जागिर र बिदेशको भर गरेर हो । हामी बजार बस्नु धन पैसा कमाउनेको लहलहैमा लागेर बजार पाल्न हो नकि हामी पालिन
मैले पनि घरमा काममा सघाउदै सानो तिनो व्यपार व्यवसाय गर्छु नभए १/२ वटा भैसी र बाख्रा थपे पनि हामीले यहाँ घर खर्च चलाउने पैसा कमाउन सकिन रहेछ । हजुरले कमाएर त्यहाँ हामीले बजारमा गर्ने खर्च मात्रै बचत गर्यौ भने कुनै गार्हो छैन ।
हजुरले रात दिन दुख गरेर कमाएको पैसाको सहि सदुपयोग गर्ने छु । गाँउको घर छोडेर पैसा तिरेर बजारमा कोठामा बस्न जाने छैन । घरको ताजा तरकारी फालेर बजारको बिषादीयुक्त तरकारी किनेर खाने छैन ।
आज्ञा कुमारी
हजुरको जन्मघर ।
No comments:
Post a Comment