उसको र मेरो उठबस निरन्तर हुन थाल्यो मैले घर भन्न छोडे उसले परिवार भन्न छोड्यो मैले उहाँहरु समक्ष बस्दा भनेकी थिई अब आईन्दा म यसो गर्दिन भनेर तर कहाँ सुध्रिने झन व्यापक हुन थाल्यो एक दिन घर परिवारका सदस्यले हामीलाई रंगहात भेटाए ।
मैले श्रीमानलाई कम र उनीहरु मध्येका १ जनालाई बढी फोन सम्पर्क गर्न थाले । उनी मेरो कोठामा आउने बस्ने खाने गर्न थाले । म घर कम जान थाले यतै धेरै बस्न थाले तर म मा कस्तो कस्तो परिवर्तन आए जस्तो लाग्न थाल्यो म आधुनिकतामा प्रवेश गरे जस्तो भान हुन थाल्यो ।
मेरो निवर्तमान श्रीमानले केही समय पछि आफू भन्दा निकै कान्छी उमेरको विवाह गरी २ वटा सन्तान पनि जन्म दिनु भयो रे । छोराले अहिले सदरमुकाम बसेर १२ कलास पढ्दै छ रे छोरी हजुर बुवा आमासँग बसेर त्यही गाँउको विद्यालयमा पढ्छे रे तर मेरा बच्चा बच्ची एक पटक पनि मसँग भेट हुन चाहेनन् जानेर हो वा नजानेर हो मैले बुझ्न सकिरहेकी छैन ।
सानो परिवार सुखी परिवार स्वस्थ र कमाउने श्रीमान छदा छदै मेरो पुनर्वृत्ती भएको प्रौढ बैसले म र म सँगको जोडिएका सम्बन्ध सम्पत्ति र व्यक्ति विशेषको अहिलेको हालत र अबस्था देख्दा मलाई आत्म हत्य गरौ जस्तो लाग्छ सोच्छु तर म लाज नभएकी र मर्नु र बाच्नुको अन्तर नभएकी मान्छेले आत्म हत्यको पनि औचित्य देख्दिन । त्यसैले म मरे तुल्य भएर बाचेकी छु । म भगवानसँग प्रार्थाना गरेकी छु हे भगवान यदी स्वर्ग र नर्क छ भने म जस्ता पतितलाई नर्कमा बास गराई दिनु । (यो लेख र यसका पात्रहरु सबै काल्पनिक हुन कृपया कसैको जिन्दगीसँग मेल खाएमा संयोगमात्र हुनेछ ।)
No comments:
Post a Comment