अहँ अब म तिम्रो भजन गाउन सक्दिन - krishivabrothers

relation never dies but it begets. यो हाम्रो निजी ब्लग हो । यसमा प्रकाशित हुने व्यक्तिगत, सामाजिक, सामुदायिक, सरकारी, गैर सरकारी, अन्तराष्ट्रिय तथा विश्वमा भएका समसामयिक घटना तथा विषय वस्तुको बारेमा प्रकाशन गरिने गरिन्छ । खास गरि यसमा हाम्रो मूलुकमा भएका समसामयिक विषय वस्तुमा आधारित भएर लेख तथा रचनाहरु संरक्षित हुने छन् । प्रकाशित लेख तथा रचनालाई कुनै पनि किसिमको नक्कल गर्नु कानुन अनुसार बर्जित गरिएको छ ।

Breaking

Home Top Ad


Sunday, May 03, 2020

अहँ अब म तिम्रो भजन गाउन सक्दिन

तिमीले गरेका सबै मैले राम्रा देख्नु पर्ने रे, 
तिम्रा कर्तुतहरूको मैले भजन गाउनु पर्ने रे,
तिम्रा घरमा बाँडेका मिठाईलाई प्रसाद भन्नु पर्ने रे,
अरूले मन्दिरमा चढाएका प्रसादलाई मिठाई भन्नु पर्ने रे,
तिम्रा सम्पत्तिको श्रोत म बन्नु पर्ने रे,
तिमीले लुटेको सम्पत्तिलाई मैले मिहिनेत भन्नु पर्ने रे,
मेरो पनि त साथी,
स्वतन्त्रता र आत्म सम्मान छ होला नि,
साथी म अब तिम्रा नकारात्मक प्रचार गर्न सक्दिन,
हो तिमीसँग बल छ, शक्ति छ, धन छ,
जे गर्न सक्छौ गर मलाई
तर अब तिम्रो लागि झुठ्ठा बोल्न सक्दिन ।।
कत्ति सधैँ म तिम्रा लागि शिर झुकाएर हिडु भन त
तिम्रा कस्ता भजन मण्डली छन् थाहा छ ?
सबै चिज ढाक्न र छोप्न सक्ने ।
सक्ने त ढाके र छोपे हुने हो,
तर नसक्ने पनि ढाक्न र छोप्न खोज्ने ।।
ख्याल गर है सबै ढाक्न र छोप्न खोज्दा
ढाकिएका र छोपिएका पनि सबै देखिएलान् ।
काम गरेर जस लिने गर न
कसैले राम्रो भनेर राम्रो भइने हो र
मलाई नगरी गरिस् भनेर भन्न नलगाऊ
किन कि मेरो इज्जत थोरै छ
त्यही थोरै इज्जतमा मलाई सान छ
त्यसैले म सत्यलाई झुट भन्न सक्दिन,
र झुटलाई सत्य पनि भन्न सक्दिन ।
तिमीले भनेको नमानेको र
तिमीले गलत गरेकोलाई गलत भनेकोमा
मलाई जे गर्न सक्छौ गर,
किनकि तिमीसँग बल छ, शक्ति छ, धन छ,
अहँ अब म तिम्रो भजन गाउन सक्दिन
र तिम्रो लागि झुठ्ठा बोल्न सक्दिन ।।
यसलाई प्रशासन डट कमले मिति २०७६ बैसाख ०८  मा प्रकाशित गरेको थियो । पढ्नको लागि यस https://www.prasashan.com/2020/04/20/175224 लिंकमा क्लिक गर्नुहोला । 

1 comment:

  1. 1xbet korean - legalbet.co.kr
    1xbet 온카지노 korean. 1xbet korean. 1xbet korean. 1xbet. korean. 바카라 사이트 1xbet. korean. 1xbet. korean. 1xbet. 1xbet

    ReplyDelete


Pages