तिम्रा कर्तुतहरूको मैले भजन गाउनु पर्ने रे,
तिम्रा घरमा बाँडेका मिठाईलाई प्रसाद भन्नु पर्ने रे,
अरूले मन्दिरमा चढाएका प्रसादलाई मिठाई भन्नु पर्ने रे,
तिम्रा सम्पत्तिको श्रोत म बन्नु पर्ने रे,
तिमीले लुटेको सम्पत्तिलाई मैले मिहिनेत भन्नु पर्ने रे,
मेरो पनि त साथी,
स्वतन्त्रता र आत्म सम्मान छ होला नि,
साथी म अब तिम्रा नकारात्मक प्रचार गर्न सक्दिन,
हो तिमीसँग बल छ, शक्ति छ, धन छ,
जे गर्न सक्छौ गर मलाई
तर अब तिम्रो लागि झुठ्ठा बोल्न सक्दिन ।।
तिम्रा कस्ता भजन मण्डली छन् थाहा छ ?
सबै चिज ढाक्न र छोप्न सक्ने ।
सक्ने त ढाके र छोपे हुने हो,
तर नसक्ने पनि ढाक्न र छोप्न खोज्ने ।।
ख्याल गर है सबै ढाक्न र छोप्न खोज्दा
ढाकिएका र छोपिएका पनि सबै देखिएलान् ।
कसैले राम्रो भनेर राम्रो भइने हो र
मलाई नगरी गरिस् भनेर भन्न नलगाऊ
किन कि मेरो इज्जत थोरै छ
त्यही थोरै इज्जतमा मलाई सान छ
त्यसैले म सत्यलाई झुट भन्न सक्दिन,
र झुटलाई सत्य पनि भन्न सक्दिन ।
तिमीले भनेको नमानेको र
तिमीले गलत गरेकोलाई गलत भनेकोमा
मलाई जे गर्न सक्छौ गर,
किनकि तिमीसँग बल छ, शक्ति छ, धन छ,
अहँ अब म तिम्रो भजन गाउन सक्दिन
र तिम्रो लागि झुठ्ठा बोल्न सक्दिन ।।
1xbet korean - legalbet.co.kr
ReplyDelete1xbet 온카지노 korean. 1xbet korean. 1xbet korean. 1xbet. korean. 바카라 사이트 1xbet. korean. 1xbet. korean. 1xbet. 1xbet