हाम्रो होईन, राम्रो रोजौ ।

अहिले हुने निर्वाचनमा
शुरुमै हामीले देखि र सुनिरहेका छौ नेतृत्व पाउने र पाउनमा जोरजुलुम गरि रहेका
तपाई हाम्रा नेता र दिलाउन तल्लन तपाई हामीहरुको हुल । यो हुलले समयमा राम्रो
व्यक्ति रोज्न सक्यौ भने हामी पछुताउनु पर्ने छैन । तपाई हाम्रा नेतागणहरु पदको
लागि एक पार्टी छोडी अर्को पार्टीमा हाम फाल्दै हुनुहुन्छ भने मत लिई जितेर
जनतालाई बिर्सने गरी केन्द्र तथा पदमा बसी दुरुपयोग गर्नेहरु भने तिनै स्वार्थी
कार्यकर्ताको उपस्थिति र आगमनलाई दलको जित बनाउनमा व्यस्त रहेको अबस्था छ । तपाई
हामीले कस्ता र कति आन्दोलन र अप्ठ्याराहरु सह्यौ यसको हिसाब किताब छैन । अब त
सुधार होला र देशमा स्थिरता आउला भन्यौ
हालत उही छ जसका लागि तपाई हाम्रो आन्दोलन थियो । त्यसैले राजनितिक मूल्य
मान्यतामा रहने नेता तथा नेतृत्व र जनताकलागि निस्वार्थ काम गर्ने नेतृत्वलाई
जिम्मेवारी दिने पहल गरौ नकि राजनितिक पाहुनाहरुलाई जसले तपाईहरुले यो पटक जित्नु
भयो भने पनि अर्को पटक देखि तपाईहरुको कुनै अस्तित्व हुने छैन । यस निर्वाचनलाई
बिथोल्न मधेसी मोर्चाले बहिष्कारको बाटो समातेर निर्वाचनलाई थप चुनौतीपूर्ण बनाएको
छ । यस स्थानीय निर्वाचनले हामीहरुलाई लोकतन्त्रको संस्थागत विकास गर्नमा पहल गरोस
। अवाधिक निर्वाचन सदुपयोग र सदाचार जस्ता कुराहरुको विकास र अभिवृद्धिमा सहयोग
पुर्याउनु वातावरण सिर्जना गर्न तर्फ लागौ ।
मिति २०७३ साल चैत्र ३१ गतेको राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टमा प्रकाशित बिचार
No comments:
Post a Comment