Tuesday, May 16, 2017

Home
Unlabelled
घोषणा पत्रको विश्वासनियता कति ?
घोषणा पत्रको विश्वासनियता कति ?
घोषणा पत्रको विश्वासनियता कति ।।
हरेक
निर्वाचन घोषणा भईसकेपछि प्रत्येक दलले एउटै मूलुक र मूलुकका जनतालाई सुख,
सयल, सेवा र सुविधाको
लागि फरक-फरक तरिकाले
विभिन्न किसिमका आगामी योजनाका घिउका लड्डुहरु जनतलाई दिने वस्तु हो चुनावी घोषणा
पत्र । हुन त घोषणा पत्र नाम नै यस्तो भएर होला दल र तिनीहरुका नेतृत्वले घोषणा
मात्र गर्ने र कार्यान्वयन नगर्ने । आगामी स्थानीय निकायको निर्वाचनमा पनि
प्रत्येक दलले विभिन्न किसिमका आस्वसनका पोकाहरुको संग्रह घोषणा पत्र सार्वजनिक
गरि सकेका छन् जुन अध्यन गर्दा हामीले कल्पना गरेको स्वर्ग तपाई हाम्रो मूलुक
बन्दै छ तर व्यवहारमा भने हामीले कहिल्यै अनुभूति गर्न पाएका छैनौ । आगमी योजना यस्तो दुरगामी बनाउने दल र दलका
नेतृत्वले किन वर्तमान र भूतकालमा जनतलाई विना घोषणापत्र चुनाब जित्ने माहोल बनाउन
सकिरहेका छैनन त ? यो प्रश्न
हामीहरुले बुझ्नु जरुरी छ ।
दल र तिनका
नेतृत्वले घोषणा पत्र यसरी सार्जनिक गरेका
छन् जुन ईतिहासमा पहिलो हो तर यो पक्कै होईन यसै गरी हामीहरु दल र नेतृत्वको लागि
बलीका बोका बनेका छौ । हामीलाई घोषणा पत्रमा कार्यान्वयन हुने यथेष्ठ प्रमाणा
नभईकन हामीले विश्वास गर्ने नगरौं । किनकी तपाई हामीलाई घोषणा पत्रको हरियो घाँस
हाल्ने दलहरुले यस भन्दा अगाडि पनि धेरै पटक निर्वाचन जिती सत्ताको बागडोर सम्हाली
सकेका छन् । खै त्यो बेला यिनीहरुले तपाई हामी जनताका लागि के गरे ?
गरे त आफ्ना परिवार,
आफन्त र कार्यकर्तालाई । हामीलाई भन्दै
गरेको विकास निर्माण यिनीहरुले गरेको होईन यो समय अनुसारको बिकास हो । हामीलाई
पद्दती चाहिएको हो खै कुनै दलको घोषणा पत्रमा छ हामीले देशको पद्दती बदल्छौ भन्ने
। कसैको पनि सोच छैन पद्दती बसाल्ने जसरी हुन्छ जनतालाई विभिन्न प्रलोभनको प्याकेज
घोषणा पत्रको भरमा निर्वाचन जिति देशलाई अनिर्णयको बन्दी बनाउने काम भन्दा अरु
अहिले सम्म हामीले केही देख्न र भोग्न पाएका छैन । यसलाई पढ्दै गर्दा कति जनाले
भन्नु पनि होला देशमा हुदै नभएको चाहि होईन धेरै भएको छ,
हो धेरै भएको छ तर धेरै हुनकालागि भएको छ कि धेरै कमाउनका लागि यो पनि अनुत्तरित
नै छ ।
निर्वाचनको
मुखमा जनतालाई आश्वसनको भ्रमरुपी घोषणा पत्रको आधारमा निर्वाचन जित्ने दुस्वपना
नदेख्न दल र तिनीहरुको नेतृत्वलाई खबरदारी गरौं । घोषणा पत्र लाई ठोस
कार्यान्वयनमा ल्याउने यथेष्ठ प्रमाणहरु सहितका योजना जसले तपाईहामी सामू देखाउछन तिनीहरुलाई
नेतृत्व सम्हाल्न दिऔ । यसमा पनि तपाई हाम्रो गाउँ ठाउँलाई कर्मभूमी मान्ने
नेतृत्वलाई निर्वाचित गराऔं नकि पैसाले टिकट किन्ने नेतालाई । दल र दलका नेतृत्वले
सार्वजनिक गर्ने घोषणा पत्रको विश्वासनियता कति भन्ने कुरा जनताले भन्दा दलहरुले
बुझ्नु जरुरी छ नकी हावादारी महत्वकांक्षी योजनाहरुको भरमा चुनाब जित्ने दुस्वपना
देख्ने प्रयास नगरौं । घोषणा पत्रलाई धार्मिक ग्रन्थहरु जस्तो सत्यतामा आधारित
बनाऔं नकि जनतालाई भ्रम छर्ने योजना । घोषणा पत्रमा भन्दा विगतका काम र
कार्यान्वयनलाई पनि जनता सामू छर्लङ्ग पारौं जुन कुरा जनताले बिगतमा अनुभूती गरेका
होउन । हरेक राजनितिक दलहरुले आफ्नो घोषणा पत्रको विश्वासनीयताको तागतलाई अनुमान
गरौं ताकि जनताले अनुमान गरेको विश्वासनियतामा दलहरुले गरेको विश्वासनियता कमजोर
नपरोस ।
मिति २०७४ साल बैसाख २० गतेको राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टमा प्रकाशित बिचार
Share This

About Krishnva Verma
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates which are professionally designed and perfectlly seo optimized to deliver best result for your blog.
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment