Wednesday, May 24, 2017

Home
2073
Article
Elections
GovernmentOffice
ICT
IT News
Nepal
Nepali News
People
Political Issues
चुनाबी जित्ने कसले ?
चुनाबी जित्ने कसले ?
चुनाबी जित्ने कसले ?
संविधान
कार्यान्वयनको पहिलो खुड्किलो स्वरुप गत बैसाख ३१ गते ३,
४ र ६ प्रदेशमा स्थानीय निकायको चुनाब
सम्पन्न भएको छ । अब आगामी जेष्ठ
३१ गते सरकारले घोषणा गरेको १, २, ५ र ७ प्रदेशको स्थानीय चुनाब पनि यसैगरी
शान्त स्वच्छ र मर्यादित तबरले हुने कुरामा विश्वस्त बनाएको छ । चुनाबी परिणाम हात पार्न हरेक हतकण्ड अपनाउने
राजनितिक दललाई यसपाली जनताले केही फरक अनुभूती थोरै मात्रामा भए पनि केहि न केही
किसिमले महसुस हुने गराएका छन् । यसमा चुनाबी परिणाममा अगाडि आउने र पछि परेका
दलहरुले अनुभव गरिसकेको अबस्था छ । हरेक
निर्बाचनमा जस्तै यस पटक पनि प्रत्येक राजनितिक दलहरुले अन्य समयमा जसरी आफ्नो
राजनितिक वा व्यक्तिगत क्रियाकलाप संचालन गरे पनि चुनाबी नारा र घोषणा पत्र भने
समय सान्दर्भिक र जनता लोभ्याउने किसिमकै थिए । तर जनताले यस पटकको चुनाबी नारा र
घोषणा पत्रले भन्दा पनि आफ्नै स्वविवेक र राजनितिक दलको भन्दा व्यक्तिगत
नेतृत्वलाई सहर्ष स्वीकार गरेको अबस्था घाम जस्तै छर्लङ्ग भै सकेको छ ।
राजनितिक
दलहरुले उम्मेदवार घोषणाको सुरुवातसँगै राम्रो भन्दा हाम्रो उम्मेदवारलाई टिकट
दिएको अबस्थालाई समेत जनताले पछाडि पारे जसलाई राजनितिक दलहरुलाई एक पटक
उम्मेद्वारी दिने परिपाटीलाई समेत सोचनीय बनाएको यो स्थानीय निकायको निर्वाचनले
चुनाबी परिणाम राजनितिक दलको सिद्धान्त र विगतको
कारणले कि उम्मेद्वारको नेतृत्वले भन्ने कुरामा गम्भिर समेत बनाएको छ । राजनितिक
दलहरुले चुनाव जित्नलाई फरक दल र बिचारसँग सम्म गठबन्धन गरे तर परिणाम भने
उनीहरुले सोचे जस्तो भएन कारण जनताले दललाई भन्दा व्यक्तिलाई रुचाएको कुरा स्पष्ट
हुन्छ । हाम्रा राजनितिक दलहरुले आफ्ना कार्यकर्ता र नेताहरुलाई बुझाउन नसकेर गुट
उपगुटमा चकनाचुर भएकाहरुले अर्को दलसँग साझेदारी गरेर चुनाब जित्न कम्सनु कम हास्यपद
छैन । तर पनि सपना देखेर मात्रै छोडेको परिणाम छर्लङ्ग भएको छ । राजनितिक दलहरुले जनतालाई केबल चुनाबी मौसममा
मात्र साथ दिने बाचा गर्ने परिपाटी भएको हाम्रो मूलुकमा जनता सधै चाहिन्छन् भन्ने
कुरा यस निर्वाचनले सिकाई सकेको छ ।
हरके दशका र ऋतुमा विभिन्न्
बाहानमा बदलिने राजनितिक प्रणाली र सरकारले जनताहरु वाक्क दिक्क भै सकेको कुरा
राजनितिक दलहरुले बुझ्न सक्ने अबस्था अझै पनि भएको छैन भएको छ त केबल सत्ता र पदको
लागि । यसरी आएको परिणामलाई सहर्ष स्वीकार गरी जबसम्म राजनितिक दलहरु सुधारको
बाटोमा आउदैनन् उनीहरुको पतन अनिवार्य भै सकेको छ । समय सापेक्षा परिवर्तन भै जनताको माग
र देशको अवश्यकतालाई अग्रगामी नेतृत्व र विकासमा फड्को र उदार नितीमा काम गर्ने
मूलुकको आवश्यकतामा नातावाद कृपावाद र साघुरो कार्य क्षेत्र बनाएका राजनितिक दल र
तिनीहरुको नेतृत्वलाई जनताले अवश्य पनि बढार्ने छन् ।
कुनै
दलको राजनितिक किल्ला भत्काईयो भन्दै उर्लिने र चुनाब परस्त भएका राजनितिक दलहरुले
यो सोचनीय छ कि चुनाब दलको सिद्धान्त र नितीले कि व्यक्तित्वको कारणाले हो ?
अब पनि उही पुरानै राजनितिक संस्कार लिई म ठूलो र बढो हुँ मै राजनितिक दल सिद्धान्त र निती हुँ भनेर सोच्नु भनेको
मूर्खता रहेछ भनेर सोच्ने समय आएको छ । यस
स्थानीय निर्वाचनलाई राजनितिक आधार बनाउने दल र दलाका नेतृत्वले गाउ नगर प्रदेश र
मूलुकको विकासमा अघिल्ला नेतृत्वले जस्तो
जनतालाई अनिर्णयको बन्दी बनाउने छैनन् भन्ने आशावादी भएका जनतलाई निराशामा जिउने
बनाउने पक्कै पनि छैनन् । उम्मेद्वारीको कारणले चुनाव हार जित भएका राजनितिक
दलहरुले जित्ने र हार्ने नेतृत्वबाट धेरै कुरा सिकुन न कि नेतृत्वको पद जोगाउन फरक
बिचार अंगालेको अर्को दलको सहयोग लिन नपर्ने वातावरण सिर्जना गरोस । सबैमा राम्रो
भन्ने नेतालाई नेतृत्व दिन सक्ने वातावरण सिर्जना गरोस ।
Tags
# 2073
# Article
# Elections
# GovernmentOffice
# ICT
# IT News
# Nepal
# Nepali News
# People
# Political Issues
Share This

About Krishnva Verma
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates which are professionally designed and perfectlly seo optimized to deliver best result for your blog.
नेता ज्यू मलाई मतदातामा गणना नगर्नुहोला ।
Krishnva VermaOct 26, 2022माननीयज्यू, खै त रोजगारी?
Krishnva VermaMar 22, 2022खै राजनीतिक संस्कार ?
Krishnva VermaMar 22, 2022
Labels:
2073,
Article,
Elections,
GovernmentOffice,
ICT,
IT News,
Nepal,
Nepali News,
People,
Political Issues
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment